प्रदेश नं. २ मा १०८ संक्रमितको मृत्यु

प्रदेश नं. २ मा १०८ संक्रमितको मृत्यु


जनकपुर ।

प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मनरासिसबा नगरपालिका बथनाहाका ६५ वर्षीय पुरुष रहेका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार ती पुरुषमा मधुमेह तथा उच्च रक्तचाप सहित रुघा, खोकी र ज्वरोको समस्या रहेको थियो । योसगैँ प्रदेशमा मृतकको सङ्ख्या १०८ पुगेको छ ।

सोही अवधिमा सप्तरीमा १३, सिरहामा २२ , सर्लाहीमा पाँच, रौतहटमा ६ , बारा र पर्सा एक/एक जना गरी ४८ जनामा नयाँ कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले आज जनाएको छ ।

अब प्रदेशमा सङ्क्रमितको सङ्ख्या अव ११ हजार ७१३ जना पुगेको छ । ती मध्ये २२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । अहिलेसम्म ६ हजार २६९ जना निको भएर घर फर्केका छन् । अव, प्रदेशभरमा सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३६ रहेको छ ।

यस प्रदेश अन्तर्गत रहेका १७२ वटा क्वारेन्टिनमा आजसम्म ५६० जना रहेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४८० , आइसोलेसनमा ८५९ र होम आइसोलेशनमा चार हजार ४७७ जना बसेका छन् ।

Logo