विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन

विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन


आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो। विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो। 

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ। विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो। 

सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो। सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो। पहिलो विश्व स्वास्थ्य दिवस १९५० अप्रिल ७ मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।

विश्वव्यापी स्वास्थ्यको लागि महत्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ। 

स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम आयोजना गर्छ। यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ।एजेन्सी

Skip This
Logo