संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित

संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित


नेकपाक्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । 

नेकपा९क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीले बिद्रोह गरी संयुक्त समाजवादी मोर्चा गठन गरेका थिए । 

मीनभवनमा रहेको नेकपा एकीकृत समाजवादी०को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहितका नेतालाई पार्टी प्रवेश गराएका हुन् ।

 पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफुहरुको तत्कालित पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिस्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरेको बताए । एकीकृत समाजवादीसँग आफुहरुको सिद्धान्त मिलेकाले पार्टी प्रवेश गरेको उनको भनाइ छ ।

 एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुले सहयोग गर्ने भण्डारीले बताए । उनले भने,  ‘हामीले शान्तिपूर्ण रुपले गर्ने क्रान्तिको मात्र वकालत गरेका थियौं । हामीले के भनेका छौँ भने क्रान्ति शान्तिपूर्ण रुपले गर्ने हो । हामीले जुन निष्कर्ष निकाल्यौँ त्यहाँ नेकपाएकीकृत समाजवादीको विचारसँग हामीले आफुलाई नजिक पायौँ र आज हामी यो ठाउँमा छौँ । 

हामी के प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ भने नेकपा९एकीकृत समाजवादी०ले जुन शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अगाडी बढ्ने लक्ष्य राखेको छ । जुन बाटो कोरेको छ । त्यो बाटोमा हामी एउटा पाइला बन्न सकौँ । त्यो घर निर्माण गर्ने जुन लक्ष्य राखेको छ त्यो घरमा हामी एउटा इट्टा बन्न सकौँ । हामी यो प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ ।’

भण्डारीले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिए ।

Logo