आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू गर्दै आयोग

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू गर्दै आयोग


निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्दैछ। आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरूलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुँदामा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। बहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

आयोगले सामाजिक सञ्जालदेखि उम्मेदवार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ। आचारसंहिता लागेपछि सरकारले सरुवा बढुवालगायत निर्णय गर्न पाउने छैन।

आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न वर्जित हुन्छ। यसैगरी योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

Logo