उपकार लघुवित्तको आईपीओ विक्री खुल्ला

उपकार लघुवित्तको आईपीओ विक्री खुल्ला


उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार (आज) देखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गरेको छ । 

कम्पनीले जारी पूँजीको  प्रतिशेयर  १०० रुपैयाँ अंकित दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यो आईपीआमो आवेदन दिने समय छिटोमा चैत २९ गतेसम्म रहेको छ भने सोही अवधिमसम्म आवेदन नपरेमा पुनः वैशाख ९ गतेसम्म रहेको छ ।  । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइटमार्फत आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

Logo