#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व570125735257329034412445243
नेपाल7724613155

आईपीएलको उपाधी जित्दै मुम्बईले पायो ४० करोड रुपैयाँ पुरस्कार

काठमाडौं । मुम्बई इण्डियन्स चौथो पटक ईण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ । १२ औं संस्करणको आईपील्य च्याम्पियन बनेसँगै मुम्बईले २५ करोड भारु अर्थात ४० करोड नेपाली रुपैयाँ पुरस्कार हात पार्‍यो ।

यसैगरी उपविजेता बनेको चेन्नई सुपर किङ्सले १२ करोड ५० लाख भारु (२० करोड नेपाली रुपैयाँ) पायो । प्रतियोगितामा तेस्रो हुने नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले १० करोड ५० लाख भारतीय रुपैयाँ (१६ करोड ७० लाख नेपाली रुपैयाँ) पुरस्कार पायो भने चौथो हुने टोली सनराइजर्स हैदराबादले आठ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पायो ।

आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो । २० औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए ।

आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो । सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो । त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो ।

सन् २००८ देखि सुरु भएको आईपीएलमा कोलकाता नाइट राइडर्सले दुई तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजस् हैदराबादले एक/एक पटक उपाधि चुमेका छन् ।

यसपटक प्रतियोगिताको पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराउँदै मुम्बई फाइनलमा पुगेको थियो । चेन्नईले भने दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार