बेलुका नुहाँउदाका ५ फाइदा

गर्मी महिना सुरु भईसकेको छ । गर्मी महिना सुरु भएसँगै दिनहुँ नुहाँउनु मानिसहरुको दैनिकी नै भएको छ । गर्मीमा धेरै पसिना आउने भएकोले गर्दा पनि शरिर सफा राख्नको दिनहुँ लागि नुहाँउनु निकै आवश्यक हुन्छ । प्रायं: मानिसहरु बेलुकाको तुलनामा बिहान नुहाँउन बढी रुचाँउछन् । तर, बेलुका नुहाँउनुका पनि धेरै फाइदाहरु रहेका छन् ।

– बेलुका नुहाँउदा दिनभरीको दौडधुपको कारण शरिरको फोहोर र पसिना सबै निकालेर तपाईलाई गहिरो निन्द्रा पर्छ ।

– चिसो पानीले नुहाँउदा तपाईको अनुहार अझ बढी सुन्दर देखिनुको साथै रक्त संचार पनि राम्रो हुन्छ ।

–बेलुका नुहाँउदा तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

–कहिले काही धेरै थकान र तनावको कारणले पनि निद्रा नलाग्ने समस्या देखिन्छ । यस्तो अवस्थामा नुहाएर सुत्नु भयो भने तपाईको थकान हराँउछ र गहिरो निन्द्रा पर्छ ।

–उच्च रक्त चाप भएको मानिसले भने बेलुकाको समयमा तातो पानीले नुहाँउदा शरिरमा भएको सबै पसिनालाई पखालेर शरिरको रक्त चापलाई फेरि सामान्य अवस्थामा पुर्याउछ ।