औरही गाउँपालिकामा जसपालाई झट्का, उपाध्यक्ष कांग्रेसमा प्रवेश

औरही गाउँपालिकामा जसपालाई झट्का, उपाध्यक्ष कांग्रेसमा प्रवेश


सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ।

गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएकी थिइन्। 

उनले केही दिन अगाडि पार्टी परित्याग गरेको घोषणासमेत गरेकी थिइन् । उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव शैलेन्द्र यादवले जनाए। 

यो पटक पुनः उपाध्यक्षको टिकट नदिने भएपछि उनले जसपा छाडेको बताइन्छ। कांग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको जिल्ला सचिव यादवले जनाए। कांग्रेस केन्द्रीय सदस्य दिनेशप्रसाद यादव र जिल्ला सभापति रामचन्द्र यादवले उनलाई फूल माला र अबिर लगाई पार्टीमा स्वागत गरेका हुन्।

Logo