प्रचण्डकी बुहारी त्रिपाठी बनिन् जिल्ला सदस्य

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी सदस्य बनेकी छन् ।

नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी त्रिपाठी कास्की जिल्ला कमिटी सदस्य बनेकी हुन् । प्रचण्ड पुत्र प्रकाशले बिना मगरसँग विवाह गरेपछि सिर्जना छुट्टै बस्दै आएकी छन् । प्रकाशको निधनपछि उनी राजनीतिमा सक्रिय छिन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला स्तरमा कमिटी गठन भईरहेको छ । बैशाख ८ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नामको टुंगो लगाएको थियो ।

जिल्ला तहमा पार्टी एकीकरणलाई अन्तिम रुप दिने क्रममा तत्कालीन नेकपा एमालेबाट ४४ र तत्कालीन माओवादी केन्द्रबाट ३३ जना जिल्ला अध्यक्ष भएका छन् ।