दाइलाई भेट्न मुम्बई गएकी नेपाली युवतीको दिल्लीमा सामूहिक बलात्कार
सांकेतिक तस्बिर

काठमाडौं । दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीको दिल्लीस्थित द्वाराकामा चार जनाले बलात्कार गरेका हुन् ।

मुम्बईमा आफ्नो दाई भेट्न जाने क्रममा उनी दिल्लीमा सामुहिक बलात्कारको सिकार बनेकी हुन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् ।

रेलको प्लेटफर्ममा बसिरहेका बेला चार जना युवा आए र यहाँ सुरक्षित छैनौं, उता जाउँ भनि लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । चार जनाले बलात्कार गरेपछि मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष उजुरी दिएकी छन् ।

दाइलाई भेटेपछि उनले घटनाबारे जानकारी गराएपछि प्रहरीका उजुरी हालेकी हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।