आइपिएलमा बैंग्लोरलाई हराउँदै चेन्नईको पहिलो जित

आइपिएलमा बैंग्लोरलाई हराउँदै चेन्नईको पहिलो जित


इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रनको उच्च स्कोर तयार गरेको थियो । जवाफमा बैंग्लोर १ सय ९३ रनमा समेटियो । चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेले । दुबेले ४६ बलमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८ रनको योगदान दिए ।

उथप्पाले दुबेसँग तेस्रो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए । त्यस्तै‚ थप दोहोरो स्कोरका रुपमा ऋतुराज गाइकवाडको १७ रन रह्यो । २१७ रनको विशाल स्कोर पछ्याएको बैंग्लोरले पनि राम्रो प्रदर्शन गरे पनि लक्ष्य पूरा गर्न असफल भयो । 

Logo