सेफहरुको राष्ट्रिय प्रतियोगिता हुने, उत्कृष्ठले ‘सेफ अफ द इयर’ अवार्ड पाउने

काठमाडौं । असार ६ गते पोखरामा पाक-कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता हुने भएको छ । सन् २०२० मा मनाईन लागिएको पर्यटन वर्षलाई टेवा पुर्‍याउने उद्देश्यले पोखरामा प्रथम पाककला राष्ट्रिय प्रतियोगिता (National Skill Competition in Cookery) हुन लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटीइभीटी), राष्ट्रिय सीप परिक्षण समिति, नेपाल व्यवसायीक योग्यता निर्धारण प्रणाली परियोजना/स्विस कन्ट्रयाक्टले नेपाल सरकार र स्विस सरकार विकास सहयोगी (एसडीसी) सहयोगमा नेपालमै पहिलो पटक पाककला प्रतियोगिता हुन लागेको हो ।

मण्डिकाटारस्थित गेट कलेजमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा बोल्दै गेट कलेजका कार्यकारी निर्देशक खेम लकाईले कुकहरुको प्रतिभालाई पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । औपचारिक तालिम लिएका वा अनौपचारिक रुपमा आफैं सिकेका एवम् साना तथा मझौला होटल तथा रेस्टुरेण्टमा काम गरिरहेका कुकहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

गेट कलेजले प्रतियोगिताको इभेन्ट पार्टनरका रुपमा व्यवस्थापकीय एवम् संयोनकारी भूमिका निर्वाह संयोजककारी भूमिका निर्बाह गर्ने पनि लकाईले बताए । कार्यक्रममा बोल्दै देबी प्रसाद दाहालले प्रतियोगिताको मुख्य उदेश्य पाककलाको अभ्यास गरिरहेका सेफहरुलाई पहिचान गरि राष्ट्रिय स्तरको कदर प्रदान गरेर हौसला बढाउने रहेको बताए ।

प्रतियोगिताका लागी सातै प्रदेशका तोकिएको केन्द्रबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको उनले बताए । यसमा १८ वर्षभन्दा माथिका पाकशाला सम्बन्धि ज्ञान सीप भएकाले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगितामा प्रत्येक प्रदेशबाट २(२ जना सहभागीहरु प्रथम छनौटमा पर्नेछन्, भने उनीहरुको अन्तिम प्रतियोगिता जेठ ३१ गते पोखरामा हुनेछ ।

अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरु मध्ये प्रथम, द्धितिय र तृतीय हुनेलाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको बिजेतालाई (सेफ अफ द इयर) को अवार्ड प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिताका लागी गेट कलेज र उसको प्रदेश १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगंजमा रहेका आफ्ना साझा तथा भगिनी संस्था तथा अन्य प्रदेशमा सिटीइभीटी को प्रादेशिक कार्यालयहरुमा फारम बुझाउन सकिनेछ ।