आजको मौसम : तीन प्रदेशमा वर्षा सम्भावना

आजको मौसम : तीन प्रदेशमा वर्षा सम्भावना


हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ।  दिउँसो देशका विभिन्न स्थानमा सामान्य स्थानको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू(भागमा भने मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Logo