नीतिका कुरा : ‘आफ्नो काममा मात्र ध्यान दिने सधैं खुशी हुन्छन्’

नीतिका कुरा : ‘आफ्नो काममा मात्र ध्यान दिने सधैं खुशी हुन्छन्’


काठमाडौं ।

जसले आफ्नो काममा मात्र ध्यान दिन्छन्, उनीहरू सधै खुशी हुन्छन् र जीवनमा सफल पनि हुन्छन् । जबकि जो अरूको काममा ध्यान दिन्छन् उनीहरू सधै दुःखी हुन्छन् । यदि तपाईंले आफ्नो काम इमान्दारीपूर्वक गर्नुभयो भने, विस्तारै सबै समस्याहरू समाधान हुन्छन् । कसरी थकानबाट बचेर लक्ष्यहरू प्राप्त गर्न सकिन्छ त ? आउनुहोस् यस लोक कथा हेरौं :

प्रचलित लोककथा अनुसार एउटा गाउँमा एक गरिब किसान थियो । ऊ कडा परिश्रम गर्दथ्यो, तर उसको गरिबी सकिएको थिएन । किसानले दुःखी हुँदै एक सन्तलाई आफ्नो समस्या बतायो । त्यसपछि सन्तले भने “म तपाईंको घरमा आएर सबै समस्याहरुको समाधान बताउनेछु ।”

भोलिपल्ट सन्त किसानको घरमा आइपुगे । त्यस समयमा किसान घरमा थिएनन् । किसानकी श्रीमतीले सन्तलाई स्वागत गरिन् , किसान पनि चाँडै घर आइपुगे ।

किसानसँगसँगै ऊ सँग एउटा पाल्तु कुकुर पनि थियो । कुकुर ज्यादै थाकेको थियो । सन्तले किसानलाई सोध्यो तिम्रो खेत यहाँबाट कति टाढा छ ?

किसानले भन्यो, खेत त नजिकै छ । त्यस पछि, सन्तले भने कि तपाईं र तपाईंको कुकुर दुबै सँगै आएको देखेर म छक्क परें, तर तपाईंको अनुहारमा कुनै थकान छैन, जबकि तपाईंको कुकुर एकदमै थाकेको छ ।

किसानले सन्तलाई भने, गुरुजी मेरो कुकुरले बाटोमा अन्य कुकुरहरूलाई भुक्दै थियो । बारम्बार दगुर्दै उनीहरूको नजिक जान्थ्यो र अन्य कुकुरहरु सँग झगडा गरिरहेको थियो । मैले यसलाई तानेर घरसम्म ल्याएँ । म त सिधा मेरो बाटोमा आएँ तर कुकुर जताततै दौडिएकाले यो बढी थकित छ ।

सन्तले भने कि यस्तो अवस्था हामीसँग पनि हुन्छ । हामी अरूलाई ध्यान दिन्छौं । आफ्नो काम छोडेर अरूको काम हेर्छांै । उनीहरूको गल्ती खोज्छौ । हामी एउटा लक्ष्य बनाएर काम गर्दैनौं, हाम्रो दिमाग बारम्बार बिभिन्न चीजहरूको लागि भौंतारिन्छ ।

यसैले हामी कुनै ठूलो काम गर्न पाउँदैनौ । यदि तपाईं जीवनमा सफलता र खुशी चाहनुहुन्छ भने, अरूको कुरा देखेर चिन्तित नहुनुहोस् । बस् इमान्दारपूर्वक आफ्नो काम गर्नुहोस् । गलत चीजहरूको पछि नदौडिनुहोस् ।

Logo