गण्डकी प्रदेशमा ६५ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ६५ जना कोरोना संक्रमित थपिए


पोखरा ।

आज गण्डकी प्रदेशमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६५ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३३ जना, तनहुँका ११ , कास्कीका १२, लमजुङका ५ जना, पर्बतका २ जना र स्याङजाका २ जना रहेका छन् ।

चितवनमा आज ५४ जना संक्रमित थपिए

चितवनमा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहान आएको रिपोर्टमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जस मध्ये ४० जना चितवनकै मात्र हुन् । अन्य १४ जना अरुजिल्लाका रहेका छन् ।

Logo