०७९ चुनावी वर्ष, कार्यभार सम्पन्न गर्न गठबन्धन : नेपाल

०७९ चुनावी वर्ष, कार्यभार सम्पन्न गर्न गठबन्धन : नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव हुने चुनावी वर्षको रुपमा रहेको २०७९ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै नेपालले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको साथमा हुने बताएका छन् ।

समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं । यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौं, उनले भनेका छन् ।

उनले वितेको वर्ष २०७८ देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षको रुपमा स्मरणीय रहने बताएका छन् । नयाँ वर्ष २०७९ को शुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ, उनले भनेका छन् ।

Logo