सीपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

सीपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई


काठमाडौं ।

यस पटकको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।

गए राति ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले अपराजित रहँदै सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गरेसँगै उपाधि जितेको हो ।

ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेका १२ वटै खेल जितेको थियो । सीपीएलमा ट्रिनबागोले हालसम्म चौथो पटक उपाधि जितिसकेको छ ।

विहिबारको खेलमा जुक्सले दिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो ।

ट्रिनबागोले यस अघि सन् २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।

Logo