एमाले लमजुङमा उम्मेदवार छनोटमा सकस

एमाले लमजुङमा उम्मेदवार छनोटमा सकस


स्थानीय तह निर्वाचनमा एमाले लमजुङमा आकांक्षी बढी भएसँगै उम्मेदवार छनोटमा सकस बनेको छ । लमजुङमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गठबन्धनमा रहे पनि एमालेका तर्फबाट नेतृत्व लिन धेरैले आकांक्षा देखाएका छन् । एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय तह चुनावमा आकांक्षी धेरै देखिएको बताए ।

उनका अनुसार वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन । ७५ वटा वडामध्ये अधिकांश वडामा २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन । चार नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन । ४ नगरपालिकामा २३ जनाले प्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छन । चार गाउँपालिकामा १४ अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी गरेका छन ।

बेंसीसहर नगरपालिकाको प्रमुख पदका लागि हालका प्रमुख गुमानसिंह अर्याल, पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, गोविन्द बस्नेत, राजेन्द्र बोहरा र राजकुमार श्रेष्ठ गरी ६ जनाको दाबी छ । उपप्रमुखमा पद्ममा गुरुङ, पवित्रा थापा राना र मनमाया गुरुङ गरी ३ जनाले दाबी गरेका छन ।

सुन्दरबजार नगरपालिका प्रमुखमा वर्तमान प्रमुख जनकराज मिश्रसहित ७ जनाले दाबी गरेका छन । उपप्रमुखमा लक्ष्मी पोखरेल, शान्ता सापकोटा र भवानी केसी गरी ३ जनाले दाबी गरेका छन ।

मध्यनेपाल नगरपालिका प्रमुखमा हालका उपप्रमुख राजकुमार श्रेष्ठसहित ६ जना आकांक्षी देखिएका छन । सीता गुरुङ र लक्ष्मी घिमिरे गरी २ जनाले उपप्रमुखमा दाबी गरेका छन् । राइनास नगरपालिकामा हालका नगरप्रमुख सिंहबहादुर थापासहित ४ जनाले प्रमुख पदमा दाबी गरेका छन । उपप्रमुखमा पनि ४ आकांक्षी छन । मस्र्याङ्दी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष अर्जुन गुरुङलगायत ३ जना र उपाध्यक्षमा पनि ३र३ जनाले दाबी गरेका छन् ।

दोर्दी गाउँपालिकामा पार्टी गाउँकमिटी अध्यक्ष युवराज अधिकारीलगायत ४ र उपाध्यक्षमा ५ जनाले आकांक्षा देखाएका छन । दूधपोखरी गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ३ जना उपाध्यक्षमा आकांक्षा देखिएका छन । क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा हालसम्म सूर्य गुरुङले मात्रै अध्यक्षमा दाबी गरेका छन । 

Logo