राप्रपा नेपाल चितवनका अध्यक्ष खरालको घरमा तोडफोड

राप्रपा नेपाल चितवनका अध्यक्ष खरालको घरमा तोडफोड


राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए ।

खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरेका छन् ।

‘स्थानीय प्रशासनले घटनाको तत्काल छानविन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भनेका छन् ।

 घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए । ‘हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उनले भने ।
 

Logo