केजीएफ-२ ले तोड्यो बाहुबली-२ र आरआरआरको रेकर्ड

केजीएफ-२ ले तोड्यो बाहुबली-२ र आरआरआरको रेकर्ड


सुपरहिट फिल्म कोलार गोल्ड फिल्ड (केजीएफ) च्याप्टर-१ को सफलतापछि केजीएफ च्याप्टर-२ यहि अप्रिल १४ का दिन रिलिज भयो । केजीएफ च्याप्टर १ को सफलताको ४ वर्षपछि केजीएफ च्याप्टर-२ रिलिज भएको हो ।

दर्शक र फिल्म विष्लेशकहरुका अनुसार च्याप्टर-२ मा एक्सन, थ्रिल र ड्रामाको राम्रो मिश्रण रहेको छ, जसले गर्दा दर्शकहरु हलसम्म तानिरहेका छन् । प्रशान्त निलद्वारा निर्देशित फिल्ममा यस, संजयदत्त, श्रीनिधी सेठ्ठि, रविना टण्डन र प्रकाश राज मुख्य भूमिकामा छन् । 

केजीएफ च्याप्टर-२ विश्वव्यापीरुपमा १० हजार स्क्रिनमा रिलिज भएको थियो । जम्मा १ सय करोडमा बनेको फिल्मले आफ्नो रिलिजकै पहिलो दिन हिन्दी बक्स अफिसमा ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड र तेस्रो दिन ४२.६४ करोडको ब्यापार गर्यो । कुनै पनि हिन्दी भाषामा बनेको फिल्मको यो नै सबैभन्दा धेरै कमाई हो । 

केजीएफ च्याप्टर-२ फिल्मले विश्वव्यापी रुपमा रिलिजको ३ दिनमा ४ सय करोडको ब्यापार गरिसकेको छ । आरआरआरले आफ्नो तीन दिनमा ३ सय २५ करोड र बाहुबली-२ ले ३ दिनमा ३ सय ४ करोडको कमाई गरि दोस्रो र तेस्रो स्थानमा धकेलिएका छन् । नेपालमा पनि केजीएफ-२ ले पहिलो दिन २.५ करोड र दोस्रो दिन १.५ करोड गरि दुई दिनमै ४ करोडको कमाई गरिसकेको छ । 

Logo