इन्द्रावती नदीमा युवतीको शव फेला, पहिचान खुलेन

इन्द्रावती नदीमा युवतीको शव फेला, पहिचान खुलेन


इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ। करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो।

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ। उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो । 

शव फेला परेपछि प्रारम्भिक अनुसन्धान गरि शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए।

Logo