आजको मौसम : मध्य र पूर्वी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं,

आज पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा नै छ । आज पश्चिमको मौसम खुल्ने सम्भावना निकै कम छ ।

यस्तै अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति भने खुल्ने सम्भावना रहेको बताइएको छ ।