दुईवटा मोटरसाइकल जुध्दा युवकको मृत्यु

दुईवटा मोटरसाइकल जुध्दा युवकको मृत्यु


रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो  ।

बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई  उपचारका लागि  अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।

दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन् ।  सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।

 

Logo