यी हुन् फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीहरु…

यी हुन् फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीहरु…


इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार नर्विचविरुद्ध ह्याट्रिक पूरा गरे। रोनाल्डोको ह्याट्रिकसँगै युनाईटेडले प्रिमियर लिगमा नर्विचलाई ३–२ गोलले पराजित गर्यो। त्यसमध्ये एक गोल उनको हेडबाट भएको थियो भने अर्को २० यार्डको फ्रि किकबाट । 

नर्विचविरुद्धको ह्याट्रिक गरेसँगै ३७ वर्षीय रोनाल्डो चर्चामा आए । उनको यो करियरको ६० औं ह्याट्रिक थियो । रोनाल्डोले आफ्नो करियरको पहिलो ह्याट्रिक सन २००८ मा न्युक्यासल युनाईटेडविरुद्व गरेका थिए । विश्व फुटबलमा अहिले खेल्दै गरेका मध्ये सर्वाधिक धेरै ह्याट्रिक गर्ने कीर्तिमान रोनाल्डोकै नाममा रहेको छ । उनले आफ्नो करियरमा ३० वर्ष पुग्नुअघि ३० वटा ह्याट्रिक र ३० वर्ष पुगी सकेपछि ३० वटा अर्को ह्याट्रिक पुरा गरेर सम्पूर्ण विश्वलाई चकित पारेका छन्। 

रोनाल्डो हाल ३७ वर्षका भए । रोनाल्डोले रियल मड्रिडबाट खेल्दा सर्वाधिक ४४ ह्याट्रिक गरेका छन् । उनले युनाईटेड र युभेन्ट्सका लागि ३/३ तथा पोर्चुगलका लागि १० ह्याट्रिक गरेका छन् । रोनाल्डोपछि सर्वाधिक ह्याट्रिक गर्नेमा पीएसजीका लियोनल मेस्सी रहेका छन्। अर्जेन्टिनाका मेस्सीले ५४ ह्याट्रिक गरेका छन् ।

फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने १० खेलाडीहरु….
क्रिस्टियानो रोनाल्डो– ६०  
लियोनल मेस्सी–५४  
रोबर्ट लेवान्डोस्की–२९ 
लुइस स्वारेज–२१ 
ह्यारी केन–१८  
मारियो गोमेज–१८ 
सर्जियो अग्युरो–१८ 
इब्राहिमोबीच–१७  
एडिन्सन काभानी–१५  
पिएरे एम्रिक आबुमियाङ–१२ 
(एजेन्सीको सहयोगमा)

Skip This
Logo