कांग्रेस र एमाले कार्यकर्ताबीच दार्चुलामा झडप, केही घाइते

कांग्रेस र एमाले कार्यकर्ताबीच दार्चुलामा झडप, केही घाइते


दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। 

शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए। झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । 

प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ। नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए । 

विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले जानकारी दिए । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।

Logo