जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आधुनिकताका प्रेरक व्यक्तित्व भएको बताएका छन् । "/>

बाबुराम भट्टराईका प्रेरक व्यक्तित्व: गौतम बुद्धदेखि पृथ्वीनारायण शाहसम्म

बाबुराम भट्टराईका प्रेरक व्यक्तित्व: गौतम बुद्धदेखि पृथ्वीनारायण शाहसम्म


जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आधुनिकताका प्रेरक व्यक्तित्व भएको बताएका छन् । सामाजिक संजालमा ट्वीट गर्दै डा. भट्टराईले नेपाली कांग्रेसका संस्थापक कोइरालालाई आधुनिकताका प्रेरक व्यक्तित्व भनी उल्लेख गरेका हुन् ।

उनले ‘क’ र ‘ख’ वर्गमा वर्गीकरण गर्दै प्रेरक व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका हुन् । क वर्गमा उल्लेखित व्यक्तित्वहरुलाई उनले अन्तर्राष्ट्रिय र ‘ख’ मा राष्ट्रिय व्यक्तित्व उल्लेख गरेका छन् ।

उनले राष्ट्रियतर्फ तीन जनालाई प्रेरक व्यक्तित्व भनी खुलाएका छन् । डा भट्टराईले पृथ्वीनारायण शाहलाई रणनीति, बीपी कोइरालालाई आधुनिकता र पुष्पलाल श्रेष्ठलाई सामाजिक न्यायका रुपमा प्रस्तुत गरेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रियतर्फ उनले आत्मिक चिन्तनमा गौतम बुद्ध, समाज विज्ञानमा कार्ल माक्र्स र भौतिक विज्ञानमा अल्बर्ट आइन्सटाइनलाई राखेका छन् ।

ट्विटरमा बाबुरामले लेखेका छन्,‘मेरा जीवनका प्रेरक व्यक्तित्व: (क)अन्तर्राष्ट्रिय:१.गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान) (ख)राष्ट्रिय:१.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता)३.पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय)”

Skip This
Logo