स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमणबारे समीक्षा गर्ने

स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमणबारे समीक्षा गर्ने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नेपाल भ्रमणबारे समीक्षा गर्ने भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नेपाल भ्रमणबारे समीक्षाका लागि मन्त्रालयले पत्रकार सम्मेलन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनले नेपालसँग जनाएका प्रतिवद्धताका बारेमा चर्चा हुनेछ । 

तीन दिने नेपाल भ्रमणमा आएका महानिर्देशक गेब्रेयेससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका थिए । साथै उनले नेपालले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने कार्यमा महत्वपूर्ण सफलता हात पारेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।

Skip This
Logo