पाँचथर सामुहिक हत्याकाण्ड: गाउँ नै शोकमा, फोटो खिच्न प्रतिबन्ध

पाँचथर सामुहिक हत्याकाण्डको घटनास्थल निकै डरलाग्दो रहेको स्थानीयले बताएका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले घटनास्थल निकै बिभत्स रहेकाले फोटो खिच्न प्रतिबन्ध लगाएको बताए।  ‘घटनास्थल डरलाग्दो खालको छ, त्यसैले हामीले फोटो पनि खिच्न दिएका छैनौ।’ उनले भने। शव समेत चिन्न नसकिने अबस्थामा रहेको भन्दै उनले शरीरका विभिन्न भाग छुट्टिएको अबस्थामा रहेको बताए।

घटना मध्यरातमा भएको प्रारम्भिक अनुमान गरिएको छ।  दर्दनाक घटनापछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँ शोकमा डुबेको छ । सोमबार राति भएको घटनामा २ परिवारका ९ जनाको बिभत्स हत्या भएको थियो।

धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । यी दुई परिवारको घर करिव एक किलोमिटरको फरकमा छ । धनराजको परिवारका हत्या गरिएका ५ जनाको शव घर भित्रै भेटिएको र बमबहादुरको परिवारका चार जनाको शव घर भित्र तथा बाहिर विभत्स अवस्था भेटिएको छ  ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले आफू डाक्टरसहितको टोली लिएर घटनास्थल जाने तयारीमा जानकारी दिए ।

पाँचथर सामुहिक हत्याकाण्ड: गाउँ नै शोकमा, फोटो खिच्न प्रतिबन्ध