धादिङमा बस र कार ठाेक्किँदा पाँच जनाको मृत्यु

धादिङमा बस र कार ठाेक्किँदा पाँच जनाको मृत्यु


धादिङमा बस र कार ठाेक्किएर भएकाे दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। काठमाडौंबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौं आउँदै गरेको वागमती प्रदेश ०१-०२६-च २९६८ नम्बरको कारलाई थाक्रे गाउँपालिका-७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा कार चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए। 

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका-११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाडौंमा उपचार चलिरहेको छ। उनी बसमा सवार थिए । दुर्घटनाको कारण अझै खुलेको छैन ।

Logo