मध्यविन्दुमा किरियापुत्रीले गरे एमालेबाट उम्मेदवारी दर्ता

मध्यविन्दुमा किरियापुत्रीले गरे एमालेबाट उम्मेदवारी दर्ता


मातृशोकमा परेका किरियापुत्रीले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन्। आमाको निधन भएर किरिया बसिरहेका भीमलाल अधिकारीले नेकपा एमालेबाट नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर पदको उम्मेदवारमा मनोनयन दर्ता गराएका हुन्।

मातृशोकमा रहेका अधिकारीले एमालेका तर्फबाट नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, सदस्य लगायत कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। 

अधिकारीले कोरा बसेकै अवस्थामा अलग्गै उभिएर उम्मेदवारी दर्ता गराएका थिए। एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतोले उम्मेदवारी दिएकी छन्।

Logo