भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ-जेठानकाे भीडन्त हुने निश्चित

भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ-जेठानकाे भीडन्त हुने निश्चित


भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो। नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन्।

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् । 

मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । 

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए। नेपाल मजदुर किसान पार्टीसँग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए।

त्यतिबेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागवन्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएका थिए। यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन् । 

Logo