भरतपुरको मेयर उम्मेदवारमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता

भरतपुरको मेयर उम्मेदवारमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता


चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराए। उनको प्रस्तवकमा देवी ज्ञवाली र समर्थक कृष्णभक्त पोखरेल रहेका छन्। यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो। राप्रपाका उमेदवार भने आएका छैनन्।

नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए।

Logo