एमालेबाट ताप्लेजुङको फक्ताङलुङ ७ वडाध्यक्षमा छेतेन शेर्पा निर्बिरोध

एमालेबाट ताप्लेजुङको फक्ताङलुङ ७ वडाध्यक्षमा छेतेन शेर्पा निर्बिरोध


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो ।

चीनसँगको सीमावर्ती फक्ताङलुङ ७ ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन् । उनले उम्मेदवारी मनोनयन दर्ता गराएसँगै उनी निविरोध निर्वाचित भएका हुन् । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध भएको वडाध्यक्ष छेतेन शेर्पाले बताए ।

Logo