उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन

उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता उल्लंघन


उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ । ठूला राजनीतिक दलले आचारसंहिता प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपाललेका अनुसार सवारी साधनमा झण्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा ९एस० सहितको गठबन्धन, नेकपा एमाले र राप्रपाले आचारसंहिताको  धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका छन् । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका छन् । 

यस्तै, सवारी साधनमा साउन्ड सिस्टम राखेर प्रचारमूलक जिङ्गल पनि बजाउँदै मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका छन् । ठूला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ । ठूला राजनीतिक दलले झापाका १५ वटै स्थानीय तहमा मनोनयन दर्ता गर्न जाँदा शक्ति प्रदर्शन गरेका छन् । ‘झण्डा पनि सीमित मात्र पाइन्छ । धेरै गाडीमा झण्डा राख्न पाइँदैन । जिङ्गल बजाउन त पाइँदैपाइँदैन,’ निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले भने, ‘यस्तो गर्नु आचारसंहिता उल्लंघन गर्नु हो ।’

उनले आचारसंहिता उल्लंघन गर्ने दललाई अनुगमन गरेर कारबाही समेत गर्ने चेतावनी दिए । ‘हामीले पनि अनुगमन गरिरहेका छौँ । हामीले त्यास्तो पाएका छैनौँ,’ उनले भने यदि त्यस्तो पायौँ भने सम्बन्धितदललाई कारबाही गर्छौँ ।’

Logo