लमजुङ्ग केन्द्र बनाएर भूकम्प

काठमाडौँ,

विनासकारी भूकम्पको चार वर्ष बितिसक्दा पनि पराकम्प जाने क्रम रोकिएको छैन । गएराती १० बजेर ४७ मिनेट जाँदा लमजुङ्ग केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो ०७२ को विनासकारी भूकम्पकै पराकम्प भएको बताइएको छ । यसअघि जेठ ३ गते पनि धार्दिङ्ग केन्द्र बनाएर ५ रेक्टरस्केलको पराकम्प गएको थियो ।