#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20083655735041641495612933658
नेपाल2331079673816493

पाँचथर हत्या प्रकरणः भागेर बाँचेकी बालिकाको उपचार प्रदेश -१ सरकारले गर्ने

इलाम,

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो ।

अन्दाजी १४ वर्षीया सीता खजुम हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई भकाभक प्रहार गर्न थालेपछि घरबाट राति नै हाम फालेर भागेकी थिइन् । भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ । प्रहरी इन्सपेक्टर तेजनारायण यादवका अनुसार नकावधारी व्यक्तिले अरूलाई हतियार प्रहार गरी आफूतिर आउँदा सीता घरबाट हाम फालेर बाँचेकी हुन् ।

‘सीता भागेर करिब ५० मिटर पर रहेको छिमेकीको घर पुगेकी रहिछन्,’ इन्स्पेक्टर यादवले भने, ‘भाग्दै गर्दा सीतालाई पनि नकावधारीले खेदेको थियो तर भेट्न पाएनछ । उनी पुगेको घरमा पनि कान कम सुन्ने महिला मात्र रहिछन् । हत्यारा आफूतिरसमेत आइलाग्न सक्ने डरले बालिका र वृद्धा चुपचाप बसेछन् ।’ सीताको दायाँ हात भाँच्चिएको छ । उनलाई उपचारका लागि झापाको दमक पठाइएको यादवले बताए । सीता स्थानीय आरुबोटे विद्यालयको कक्षा ७ मा अध्ययनरत छिन् ।
नागरिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार