#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18820712706769610668012007263
नेपाल2139060617415156

पाँचथर सामूहिक हत्याकाण्डबारे गृहमन्त्रीले खोले मुख

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरे । गृहमन्त्री थापाले सो घटनामा संलग्न नौं जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताए ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीनै घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भईरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको गृहमन्त्री थापाको भनाई छ ।

सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । सो नांै जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमलेनै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानवीन प्रक्रियालाई अघि बढाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार