सिरहाकाे गोलबजारमा मुख्य पार्टीका उम्मेदवार पुरानै

सिरहाकाे गोलबजारमा मुख्य पार्टीका उम्मेदवार पुरानै


वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गोलबजार नगरपालिकामा पुरानै अनुहार उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले आगामी निर्वाचनमा पनि निवर्तमान नगर प्रमुख देवनाथ साह र उपमेयर रेशम कुमारी थापालाई नै दोहर्याएको छ। पार्टीले १३ वटै वडामा उम्मेद्वारी दिएको छ। नेकपा माओवादी केन्द्रले यस पालिकामा नगरप्रमुख , उपप्रमुखसहित ९ वटा वडा अध्यक्ष  जितेको थियाे। 

यता नेकपा माओवादीकै प्रदेश सदस्य रामचन्द्र महतोले ८ वटा वडासहित मेयर र उप मेयर पदमा पार्टीको वागी उम्मेदवार (स्वतन्त्र )बाट उम्मेदवारी दर्ता  गराएका छ्न् ।

नेकपा एमालेको तर्फबाट मेयर पदमा श्याम श्रेष्ठ र उपमेयरमा  मानती साहले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि सवै वडामा उम्मेदवारी दिएको छ। श्रेष्ठले ७४ को निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । उनी मेयर पदका निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।

नेपाली कांग्रेसको तर्फबाट राजदेव साह लालबावु  मेयर र उपमेयरमा शान्ति सदाले मनोनयन दर्ता गराएका छन् । तीनवटै पार्टीले सबै वडाहरुमा उम्मेदवारी दिएका छन्। साहले पनि ०७४ मा कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका थिए ।

जनता समाजवादी पार्टीका तर्फबाट मनोज सिंह मेयर र शिलादेवी यादवले उपमेयरमा उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट धर्मनाथ महतोले मेयर र गोमाकुमारी लम्सालले उपमेयरको उम्मेदवारी दिएका छन् ।

Logo