१ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता

१ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता


स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। 

कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। यो सङ्ख्या मंगलबार राति ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। 

प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ। 

यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

Logo