पहाडी क्षेत्रमा पश्चिमी वायुकाे प्रभाव, केही क्षेत्रमा वर्षाकाे सम्भावना

पहाडी क्षेत्रमा पश्चिमी वायुकाे प्रभाव, केही क्षेत्रमा वर्षाकाे सम्भावना


पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ। प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेश प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ। महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ।

Skip This
Logo