आईपीएल : राजस्थान शीर्ष स्थानमा उक्लियो

आईपीएल : राजस्थान शीर्ष स्थानमा उक्लियो


इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनायो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो । र दुई खेलमा हार व्यहोरेको छ ।

यो जितसँगै राजस्थान १२ अंकका साथ पहिलो स्थानमा छ । राजस्थानभन्दा एक खेल कम खेलेको गुजरात टाइटान्सको पनि १२ अंक छ । तर, रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

Logo