एकाबिहानै कसले ढलायो भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवा ?

एकाबिहानै कसले ढलायो भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवा ?


रुपन्देहीको सिद्धार्थनगर-१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएकाे छ ।

वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बाेटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् ।

'२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन,' वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिकाे समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराकाे फुटेज पनि हेरिने उनले बताए ।

Skip This
Logo