बारामा ट्रक र जिप ठोक्किदा एक जनाको मृत्यु

बारामा ट्रक र जिप ठोक्किदा एक जनाको मृत्यु


बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका-१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

Logo