निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन

निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन


प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीले सङ्गठनको हितका लागि विधिसम्मतरूपले इमान्दारी, निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअलरूपमा भिडियो कन्फ्रेन्समार्फत् उनले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवं निष्पक्षरूपमा सम्पन्न गराउन पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिए ।  

उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सहभागिता थियो । प्रदेश प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो कार्यकालमा सङ्गठनको हित तथा सुधारका लागि निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गरे । 

सङ्गठनको प्रणाली, कार्यविधि, नीतिलगायत सङ्गठनको सुधारका निम्ति तयार गरिएको कार्ययोजना एवं मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीको भूमिका रहने उल्लेख गर्दै उनले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अङ्गीकार गर्दै थप क्रियाशील रहन आग्रह गरे ।  

Logo