प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु: कप्तान किरण लिम्बू

प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु: कप्तान किरण लिम्बू


नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन्।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन्।

हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने,`राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ।´ 

यसअघि एसियन कप २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको विषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउँदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए।

यस्तै किरणले जायज माग उठाउँदा क्याम्प नै छोड्न लगाउनु सहि नभएको र आफू खेलाडीकाे पक्षमा रहेको धारणा राखेका हुन्।

`राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु। जय नेपाल,´किरण भन्छन्।

Skip This
Logo