चौथो जुत्ता, चप्पल व्यापार प्रवर्द्धन मेला आजदेखि

चौथो जुत्ता, चप्पल व्यापार प्रवर्द्धन मेला आजदेखि


चौथो जुत्ता, चप्पल व्यापार प्रवर्द्धन मेला आजदेखि हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सुरु हुन लागेको हो । 

मेला वैशाख १५ (आज)देखि जेठ ८ गतेसम्म सञ्चालन हुनेछ। मेलाले स्वदेशी उत्पादनलाई स्थापित गर्न र विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार मेलामा बेस ग्लोवल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ। 

त्यस्तै स्मार्ट शुज, वान वर्ल्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट शुज, नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस शुज, फुटस्टेप शुज र नियासा शुजको उपस्थिति गरि १९ कम्पनीको सहभागीता मेलामा रहने छ। २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ।

Logo