नेपालमा कोरोना संक्रमितको संख्या ४९,२१९ पुग्यो, आज १,०८१ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४९,२१९ पुग्यो, आज १,०८१ जना थपिए


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४९,२१९ पुगेको छ । आज १,०८१ जना थपिएका छन् । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । आज निको हुनेको संख्या ९१८ जना छ । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए । आज ११,१६७ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । मंगलबार पनि ६ जनाको मृत्यु भएको थियो । सोमबार ११ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो ।

Logo