#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20104713735306641756212951845
नेपाल2331079673816493

१४ वर्षीया बालिका सोमबारदेखि बेपत्ता , परिवार तनावमा

काठमाडौं

इलामको सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि काठमाडौंबाट हराएकी छिन् । काठमाडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत् बालिका घरबाट हराएको परिवारले बताएका छन् ।

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ । बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएपछि उनको परिवार चिन्तित भएका छन् । उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटवाल इलामबाट काठमाडौं पुगेका छन् । श्रेया बसेको स्थानबाट उनले पढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ।

दिदी अनिता कटुवाल भन्छिन् , ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन ।’ परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबार नै जानकारी दिएको अनिताले बताइन् । आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छिन् । उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छिन् ।

सम्बन्धित समाचारहरु