गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ

गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शुक्रबार पनि सुनुवाइ हुँदैछ। 

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ सुरु भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो ।  बिहीबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै’मा राखिएको निवेदनमा आज सुनुवाई हुन लागेको हो । 

गत चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी निलम्बनमा परेका थिए । गभर्नर अधिकारीले  स्पष्टीकरणको अवसर नै नदिई आफूविरुद्ध छानबिन समिति गठन गरेको भन्दै निर्णय खारेजी आदेश माग गरेर यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि गभर्नर अधिकारी काममा फर्किका छन् ।  

Logo