उम्मेदवारको मन्दिरमा सपथ : ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’

उम्मेदवारको मन्दिरमा सपथ : ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् ।

हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा-४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो’ भनेर सपथ लिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए । मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँको सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए ।  उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।

Logo